Kathmandu Press

चीनसँग पुनर्मिलनबाहेक ताइवानको कुनै भविष्य छैन : विदेशमन्त्री वाङ यी

रोम (इटालीे), कात्तिक १३ : चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नुबाहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनुबाहेक यसको कुनै...
चीनसँग पुनर्मिलनबाहेक ताइवानको कुनै भविष्य छैन : विदेशमन्त्री वाङ यी

रोम (इटालीे), कात्तिक १३ : चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नुबाहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनुबाहेक यसको कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत पनि नभएको बताएका छन्।

संयुक्त राष्ट्र संघमा ताइवानको ‘अर्थपूर्ण सहभागिता’का लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले  यस्तो टिप्पणी गरेका हुन्। रोममा हुने जी–२० शिखर सम्मेलनअघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन्।

मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको र यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउनुपर्ने बताएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको ‘अर्थपूर्ण’ सहभागितालाई समर्थन गर्न आह्वान गरेपछि वाङको यस्तो टिप्पणी आएको हो।

ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी सबै संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा र अन्तर्राष्ट्रिय समुदायमा ताइवानको बलियो, अर्थपूर्ण सहभागितालाई समर्थन गर्न हामीसँग सामेल हुन प्रोत्साहन गर्छौं ताइवानका एयरपोर्टहरू मार्फत वार्षिक दशौं लाख यात्रुहरू यात्रा गर्ने गरे पनि  ताइवानले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइसिएओ) को त्रैवार्षिक सम्मेलनमा प्रतिनिधित्व गरेको थिएन, ब्लिन्केनले उल्लेख गरेका छन्।

सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसंघ छाडेको थियो। त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चहरूमा सहभागी हुनबाट वञ्चित गरिएको छ।

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, कात्तिक १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्