Kathmandu Press

पनामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु

पनामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु

पानामा सिट, कात्तिक १३ : पनामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार आज बिहान एस्पेसियो पानामा नाइट क्लबमा दुर्भाग्यपूर्ण घटनाहरू भएका थिए, जसमा पाँच व्यक्तिको मृत्यु भएको थियो र छ जना घाइते भएका थिए। घटनाहरू आपराधिक गिरोहहरू बीचको भिडन्तको परिणाम भएको जनाइएको छ।

Hardik ivf

प्रहरीले यसअघि नै दुई जनालाई पक्राउ गरिसकेको छ र क्लबमा भएको घटनासँग जोडिएको कार र हतियार बरामद गरेको छ।

 

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्