Kathmandu Press

सुदूरपश्चिममा थपिए १७ कोरोना सङ्क्रमित

काठमाडौं, कात्तिक १२ : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।चौविस घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट...
सुदूरपश्चिममा थपिए १७ कोरोना सङ्क्रमित

काठमाडौं, कात्तिक १२ : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

चौविस घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५५ जनाको नमूना परीक्षण गर्दा १७ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Hardik ivf

सात जनामा पीसीआर र दश जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा छ र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एन्टिजेन विधिमार्फत कञ्चनपुरका सात, कैलालीका दुई र अछामका एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन्, उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकको पनि मृत्यु भएको छैन ।

यसअघि यस प्रदेशमा विहीबार २९ जनामा सङ्क्रमण पुष्टि हुँदा १२ जना घर फिर्किएका थिए ।  

प्रकाशित मिति: १९:२८ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्