प्रदेश युवा परिषद् गठन गर्ने प्रदेश ३ सरकारको तयारी
हेटौँडा, साउन २७ : प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले चालू आर्थिक वर्षामै प्रदेश युवा परिषद् गठन गर्ने बताएका छन्।
....
हेटौँडा, साउन २७ : प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले चालू आर्थिक वर्षामै प्रदेश युवा परिषद् गठन गर्ने बताएका छन्।
बीसौं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयले सोमबार गरेको ‘प्रदेश युवा विकाससम्बन्धी नीति तथा कार्यक्रम’ सम्बन्धी छलफलमा उनले भने,“प्रदेश युवा परिषद् गठन सम्बन्धी कानून निर्माणको चरणमा रहेको छ।”
मन्त्री दुलाले युवाहरुले आफूसँग जे विज्ञता छ त्यसमा नै काम गर्नुपर्ने बताउँदै युवाको अधिकार प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए। सामाजिक विकाश मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले युवाको क्षेत्रमा काम गर्नका लागि आफूहरु तयार रहेको बताए।
प्रकाशित मिति: २०:०२ बजे, सोमबार, साउन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












