Kathmandu Press

जयपृथ्वी राजमार्गको विकल्प खोजिँदै

बझाङ, कात्तिक १२ : वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग ठाउँठाउँमा भत्किएपछि वैकल्पिक मार्गको खोजी हुन थालेको छ। दुई हप्तासम्म सो सडक सञ्चालनमा नआएपछि...
जयपृथ्वी राजमार्गको विकल्प खोजिँदै

बझाङ, कात्तिक १२ : वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग ठाउँठाउँमा भत्किएपछि वैकल्पिक मार्गको खोजी हुन थालेको छ। दुई हप्तासम्म सो सडक सञ्चालनमा नआएपछि पानकोट–गोलाइ–सुतिया–मालुमेला–झनाना सडक र भाँडेबगर–मेल्लेख–नौरा–चैनपुर सडक सञ्चालनमा ल्याउन पहल थालिएको छ।  

केदारस्युँ –१ नारूगौडा खोलामा रहेको चट्टान फुटाएर वैकल्पिक सडक प्रयोग गर्ने प्रयास भइरहेको छ। छविसपाथिभेरा–१ जालेबगरमा तत्काल सम्भव नभएपछि वैकल्पिक सडकको खोजी सुरु भएको हो।

Hardik ivf

छबिसपाथिभेरा गाउँपालिकाले भाँडेबाट ब्यासी, मेल्लेक हुँदै सुवेडा जोड्ने सडक मर्मत गरिसकेको गाउँपालिका अध्यक्ष अक्कल धामीले जानकारी दिए। 

अहिले जयपृथ्वी राजमार्ग बन्द हुँदा बझाङ सदरमुकाम चैनपुरलगायत साना ठूला बजारमा तरकारी, इन्धन, खाद्यान्नलगायतको अभाव हुनुका साथै चर्को मूल्यवृद्धि भएको छ।

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्