Kathmandu Press

म्यानमारका विद्यालय नोभेम्बरदेखि खुल्ने

याङ्गुन, कात्तिक १२ : म्यानमारका विद्यालयहरु आगामी नोभेम्बरदेखि खुल्ने भएका छन्। यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको...
म्यानमारका विद्यालय नोभेम्बरदेखि खुल्ने

याङ्गुन, कात्तिक १२ : म्यानमारका विद्यालयहरु आगामी नोभेम्बरदेखि खुल्ने भएका छन्। यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो।

कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी म्यानमारसरकारले गरेको बताइएको छ । 

म्यानमारेली अधिकारीहरुले म्यानमारका सबै निजी तथा सरकारी विद्यालयहरु र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरु र अरु शिक्षण सस्थाहरु पनि खुल्ने जानकारी दिएका छन्।

यहाँका स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन्।

प्रकाशित मिति: १५:०९ बजे, शुक्रबार, कात्तिक १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्