Kathmandu Press

भ्रष्टाचार नियन्त्रण नभए मुलुक अघि बढ्न सक्दैन: नेपाल

काठमाडौं, साउन २७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाक....

भ्रष्टाचार नियन्त्रण नभए मुलुक अघि बढ्न सक्दैन: नेपाल

काठमाडौं, साउन २७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।

सोमबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन’ को उद्घाटन वरिष्ठ नेता नेपालले युवाहरुलाई उद्यमशील बनाउन पनि प्रोत्साहनको नीति लिन सरकारलाई सुझाव दिए।

उनले बजेटको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेकाले मुलुक अघि बढ्न नसकेको उल्लेख गर्दै त्यसलाई नियन्त्रणका गर्न सरकार गम्भिर हुनुपर्ने स्पष्ट पारे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न र उत्पादन वृद्धि गरेर आम्दानी बढाउने कुराको उचित व्यवस्था सरकारले गर्नुपर्ने बताए।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले युवा उद्यम विकासका लागि सरकारले आवश्यक लगानीको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए।

उनले रोजगारीको अवसर सृजना गर्ने, उत्पादन वृद्धि गर्ने र मुलुकको आयातलाई प्रतिस्थापन गरेर अघि बढ्ने सरकारको नीति रहेको पनि बताए।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक वृद्धिका लागि सरकारले कृषि उद्योगलाई पहिलो प्राथमिकता राखेको पनि स्पष्ट पारे।

प्रकाशित मिति: १९:२२ बजे, सोमबार, साउन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्