Kathmandu Press

नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु

लागोस, कात्तिक १२ : नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता डाँकु तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको...
नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु

लागोस, कात्तिक १२ : नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता डाँकु तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो। प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ। 

Hardik ivf

१४ देखि प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो।

पत्रकार सम्मेलनका क्रममा यहाँको सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरी समेतको कारबाहीका क्रममा ती डाँकुहरु मारिएका हुन्।

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्