बाढीपहिराेबाट मृत्यु भएकाका परिवारलाई सहयोग
लागोस, कात्तिक १२ : नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता डाँकु तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको...
डोटी, कात्तिक १२ : बाढीपहिराेका कारण ज्यान गुमाएकाका परिवारलाई जोरायल गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ। बाढीपहिराबाट ज्यान गुमाएका सातजनाको परिवारलाई पालिकाले सहयोग गरेको हो।
यही कात्तिक पहिलो साता आएको बाढी पहिराबाट सयौँ घरमा क्षति पुगेको थियो। सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई रु सात हजार नगद तथा खाद्यान्न, लुगाकपडा र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी बताए।
उनले भने, ‘बाढी र पहिराले तहस नहस बनाएको छ, कैयौँको अकालमै ज्यान गएको छ, कतिपय घरबारविहीन भएका छन्, दुःखको बेला केही राहत होस् भनेर सहयोग गरेका हौं।’
उक्त पालिकाको वडा ४ को सैगडामा चार जना, वडा १ मा एक जना र वडा ३ नवलपुरमा बाढी पहिराबाट दुईको मृत्यु भएको थियो। वर्षासँगै आएको बाढी पहिराबाट सडक पूर्णरुपमा बन्द भएका छन्। भत्किएका सडक खोल्ने भइरहेको ओझाले बताए।









-(86)-1764936079.jpg)


-1764760320.jpg)