अब महिलाले सहायक होइन, प्रमुख बन्नु पर्छः प्रचण्ड
चितवन, माघ १७ : पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब महिलाले सहायक मात्रै होइन, प्रमुख हुनु पर्ने बताएका छन्....
चितवन, माघ १७ : पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब महिलाले सहायक मात्रै होइन, प्रमुख हुनु पर्ने बताएका छन् ।
चितवनको पटियानीमा पत्रकार महिलाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘‘महिलाहरू धेरैतिर उपाध्यक्ष हुने, सहायक हुने अवस्था छ । त्यसको अन्त्य गर्न जरुरी छ । अब त्यसमै सिमिति हुनु हुदैन् । त्यो भन्दा अगाडि बढेर प्रमुख हुनु पर्छ ।”
उनले संविधानले दिएको भन्दा अगाडि बढेर जानु पर्ने बताए । संविधानले आरक्षण दिएको भएपनि त्यसमा मात्रै अल्झिनु नहुने प्रचण्डको भनाइ थियो । त्यसभन्दा अगाडि बढ्ने गरि मेहनत गर्नु पर्ने उनले बताए ।
उनले पत्रकार महिलाहरूको प्रशंसा गर्दै देश र जनाका लागि योगदान दिने गरि आफूलाई स्थापित गर्न आग्रह गरे ।
आज चितवनमा शुरु भएको पत्रकार महिलाहरूको भेलामा सातै प्रदेशमा क्रियाशिल पत्रकार महिलाहरु उपस्थित छन् ।