रापप्राको महाधिवेशन सर्यो, मंसिर ११ देखि १३ सम्म हुने
काठमाडौं, कात्तिक ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन सार्ने निर्णय गरेको छ ।यसअघि कात्तिक २७ देखि ३० गतेसम्म तोकिएको पार्टीको महाधिवेशन...
काठमाडौं, कात्तिक ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन सार्ने निर्णय गरेको छ ।
यसअघि कात्तिक २७ देखि ३० गतेसम्म तोकिएको पार्टीको महाधिवेशन तल्लो तहको अधिवेशन नै सम्पन्न हुन नसकेका कारण सार्ने निर्णय भएको राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठले काठमाडौं प्रेसलाई बताए ।
बिहीबार पार्टीका त्रय अध्यक्षहरूको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले महाधिवेशन मंसिर ११, १२ र १३ गते काठमाडौमा गर्ने निर्णय गरेको उनले बताए । बैठकले सक्रिय सदस्य बनाउने अवधि कार्तिक १५ गतेसम्म बढाउने निर्णय गरेको छ भने केन्द्रीय निर्वाचन समितिले कार्तिक २६ भित्र सक्रिय सदस्यहरुको नामावली जिल्लाहरुमा पठाउने गरी निर्णय भएको छ ।
यस्तै सक्रिय सदस्यको दावी विरोध कार्तिक २७, २८ र २९ गते गर्ने तथा अन्तिम नामावली कार्तिक ३० गते प्रकाशन गर्ने निर्णय भएको छ । जिल्ला अधिवेशन कार्तिक २३ भित्र तथा सातैवटै प्रदेशसभाबाट प्रदेश कार्य समितिको निर्वाचन कार्तिक २८ गते गर्ने निर्णय पनि बैठकले गरेको छ । सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन मंसिर १, २ र ३ गते गर्ने पनि राप्रपाले निर्णय गरेको छ ।
पार्टीले महाधिवेशनको तयारीको विभिन्न ९ समिति पनि गठन गरेको छ । जसमा सामाजिक कार्यपत्र समिति, आर्थिक कार्यपत्र समिति, राजनीतिक कार्यपत्र तयारी समिति, कार्यक्रम तथा व्यवस्थापन समिति, भोजन व्यवस्थापन समिति, स्वास्थ्य समिति, प्रतार प्रसार समिति, स्वागत समिति र स्वंयम सेवक परिचालन समिति रहेका छन् ।











