Kathmandu Press

विद्युत महसुल दर घटाउने निर्णयको उद्योग वाणिज्य महासंघद्वारा स्वागत

विद्युत महसुल दर घटाउने निर्णयको उद्योग वाणिज्य महासंघद्वारा स्वागत

काठमाडौं, कात्तिक ११ : नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुुल दर घटाउने र विद्युत डिमान्ड शुल्क सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरेको छ।

विद्युत् महसुल दर घटेसँगै कोरोना महामारीका कारण संकटमा रहेका उद्योग व्यवसायलाई थप राहत पुग्ने महासंघले जनाएको छ। महासंघले विद्युत् डिमाण्ड शुल्क वृद्धि नगर्न अनुरोध गर्दै आएको थियो।
 
डिमान्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै महासंघले यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, मन्त्रालयका अधिकारी, विद्युत नियमन आयोग र विद्युत् प्राधिकरणलाई धन्यवाद दिएको छ।
 
‘यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भए पनि सहयोग पुग्ने हाम्रो विश्वास छ,’ महासंघले भनेको छ, ‘विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महसुल अझ सस्तो हुनुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुग्नेछ।’

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, कात्तिक ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्