Kathmandu Press

राजदूत सिफारिस : भारतमा शर्मा, अमेरिकामा खत्री र बेलायतमा आचार्य

भारतमा डा. शंकर शर्मा, बेलायतमा ज्ञानचन्द्र आचार्य र अमेरिकामा श्रीधर खत्रीलाई राजदूत बनाउन सिफारिस गरिएको हो ।
राजदूत सिफारिस : भारतमा शर्मा, अमेरिकामा खत्री र बेलायतमा आचार्य

काठमाडौं, कात्तिक ११ : बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारत, बेलायत र अमेरिकामा राजदूत सिफारिस गरेको छ ।

भारतमा डा. शंकर शर्मा, बेलायतमा ज्ञानचन्द्र आचार्य र अमेरिकामा श्रीधर खत्रीलाई राजदूत बनाउन सिफारिस गरिएको हो । डा. शर्मा अमेरिकाका लागि नेपालका पूर्वराजदूत हुन् भने आचार्य संयुक्त राष्ट्रसंघमा स्थायी प्रतिनिधि बनिसकेका कूटनीतिज्ञ हुन् । यस्तै, खत्री परराष्ट्रविद् हुन् ।

प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्