Kathmandu Press

२४ घण्टामा ५९१ कोरोना संक्रमित थपिँदा ६६४ जना संक्रमणमुक्त, २ को मृत्यु

८,८४८ जनामा गरिएको पिसिआर परीक्षणबाट ५२७ र २,५०७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२४ घण्टामा ५९१ कोरोना संक्रमित थपिँदा ६६४ जना संक्रमणमुक्त, २ को मृत्यु

काठमाडौं, कात्तिक ११ :  पछिल्लो २४ घन्टामा देशभरिमा ५९१ जना कोरोना संक्रमित थपिएका छन्।

८,८४८ जनामा गरिएको पिसिआर परीक्षणबाट ५२७ र २,५०७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ।

अहिले देशभरिमा १०, २३६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्