वाग्मतीमा चार सदस्यीय मन्त्रिपरिषद्, काेकाे बने मन्त्री?

मकवानपुर, कात्तिक ११ : वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले चार सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन्।
वाग्मती प्रदेश प्रमुखको कार्यालय हेटौंडामा उनले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिँदा उनी सँगै नवनियुक्त तीन मन्त्रीले पनि शपथ लिएका छन्।
ती मन्त्रीहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एकएकजना छन्। भौतिक पूर्वाधारमन्त्रीका रूपमा कांग्रेसबाट कृष्णलाल भँडेलले पनि शपथ लिएका छन्।
सामाजिक विकासमन्त्रीका रूपमा माओवादी केन्द्रकी कुमारी मोक्तान र आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनालले पनि शपथ लिए।
बुधबार मुख्यमन्त्री पदबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको थियो।
पाण्डेलाई गठबन्धनमा आबद्ध दलहरूका ५९ सांसदको समर्थन छ। १०९ सदस्यीय वाग्मती प्रदेशसभामा सरकार बनाउन ५५ सांसदको आवश्यकता पर्छ।











