Kathmandu Press

जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधान गर्न चिनियाँ राष्ट्रपति सीको आग्रह

बेइजिङ, कात्तिक ११ : चीनले मानवजातिको साझा चुनौतीका रूपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र त्यसका निम्ति देशले अङ्गीकार गरेको नीति, कार्यक्रम र प्रगतिलाई...
जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधान गर्न चिनियाँ राष्ट्रपति सीको आग्रह

बेइजिङ, कात्तिक ११ : चीनले मानवजातिको साझा चुनौतीका रूपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र त्यसका निम्ति देशले अङ्गीकार गरेको नीति, कार्यक्रम र प्रगतिलाई अभिलेखीकरण गर्दै आफ्नो अनुभव र दृष्टिकोणलाई बाँकी विश्वसँग आदान(प्रदान गर्न श्वेतपत्र जारी गरेको छ। 

चिनियाँ राष्ट्रपति सी चिनफिङले जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्ने विषयमा थुप्रै  विषयमा विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन्।  राष्ट्रपति सीको सम्बोधनका मुख्य बँदाहरू यस प्रकार छन्ः

यदि मानवले प्रकृतिलाई अहित गर्दैन भने प्रकृतिले हामीलाई अहित गर्दैन।

चीनले २०३० अघि कार्बनडाइअक्साइड उत्सर्जनको उच्चतम स्तर र २०६० अघि कार्बन तटस्थता लक्ष्य हासिल गर्ने प्रयास गर्नेछ। यसका लागि ठूलो परिश्रम आवश्यक छ र हामी यी लक्ष्यहरू पूरा गर्न हरसम्भव प्रयास गर्नेछौं।

चीनले आफ्नो औद्योगिक संरचना र ऊर्जा मिश्रणलाई पुनस् समायोजन गर्न जारी राख्नेछ, नवीकरणीय ऊर्जाको तीव्र विकास गर्नेछ र बलौटे क्षेत्रहरू, चट्टानी क्षेत्रहरू र मरुभूमिहरूमा ठूला वायु(शक्ति र फोटोभोल्टिक आधारहरूको योजना र विकासमा द्रुत प्रगति गर्नेछ।

चीनले अन्य विकासोन्मुख देशहरूलाई हरित र कम कार्बन ऊर्जाको विकास गर्न सहयोग बढाउनेछ र विदेशमा कोइलाबाट चल्ने नयाँ ऊर्जा परियोजनाहरू निर्माण गर्नेछैन।

हामीले विश्वव्यापी वातावरणीय शासन सुधार गर्न, जलवायु परिवर्तनलाई सक्रिय रूपमा प्रतिक्रिया दिन र मानव र प्रकृतिका लागि जीवन्त समुदाय सृजना गर्न आवश्यक छ। हामीले हरित र न्यून कार्बन अर्थतन्त्रमा सङ्क्रमणलाई गति दिन र हरित पुनःप्राप्ति र विकास हाँसिल गर्न आवश्यक छ।

हामीले हरित अन्तरराष्ट्रिय सहयोगलाई पनि अगाडि बढाउनुपर्छ र हरित विकासका फलहरू सबै देशहरूबीच बाँडफाँड गर्नुपर्छ। जलवायु परिवर्तन चुनौतीको सामना गर्न कोही पनि अछुतो रहन सक्दैन र एकपक्षीयताले हामीलाई कतै पुग्न सक्दैन।

सँगै मिलेर मात्र हामी जलवायु परिवर्तन, समुद्री प्रदूषण, जैविक संरक्षण र अन्य विश्वव्यापी वातावरणीय समस्याहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न र दिगो विकासका लागि संयुक्त राष्ट्रसंघको २०३० को लक्ष्य हासिल गर्न सक्छौं। 

प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्