Kathmandu Press

सेनाको कारबाहीमा आइएस आतङ्ककारीको मृत्यु

सेनाको कारबाहीमा आइएस आतङ्ककारीको मृत्यु

बगदाद, कात्तिक ११ : इराकको पूर्वी दियाला प्रान्तमा बुधबार इराकी सेनाले गरेको कारबाहीमा आठजना आइएसका आतङ्ककारीको ज्यान गएको छ।

सो आक्रमणमा परी अरु १० जना घाइते भएको दियाला प्रान्तका प्रहरी प्रवक्ताले जानकारी दिएका छन्। उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको बताइएको छ।

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीव्र पारेको बताएको छ।

इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ।

प्रकाशित मिति: १४:५८ बजे, बिहीबार, कात्तिक ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्