Kathmandu Press

बेलायतमा २४ घन्टामा करिब ४४ हजार कोरोना संक्रमित

लन्डन, कात्तिक ११ : बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन्।कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले...
बेलायतमा २४ घन्टामा करिब ४४ हजार कोरोना संक्रमित

लन्डन, कात्तिक ११ : बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन्।

कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ९४१ जनामा यो सङ्क्रमण देखिएको हो।

यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण २०७ जनाको मृत्यु भएको छ।

यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन्। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४० हजार ४१ जनाको मृत्यु भएको छ।

अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८८ लाख ९७ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, कात्तिक ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्