Kathmandu Press

भारतद्वारा अग्नि–५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण

नयाँ दिल्ली, कात्तिक ११ : भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि–५को सफलतापूर्वक प्रक्षेपण गरेको छ, जसले ५,००० किलोमिटर सम्मको लक्ष्यमा प्रहार गर्न...
भारतद्वारा अग्नि–५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण

नयाँ दिल्ली, कात्तिक ११ : भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि–५को सफलतापूर्वक प्रक्षेपण गरेको छ, जसले ५,००० किलोमिटर सम्मको लक्ष्यमा प्रहार गर्न सक्छ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझ लगभग ७ः३० बजे ओडिशाको एपीजे अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो।

तीन चरणको ठोस इन्धन प्रयोग गर्ने यो क्षेप्यास्त्रले उच्च स्तरको सटीकताका साथ ५,००० किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्षम रहेको रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अग्नि(५ को सफल परीक्षण भारतको ुविश्वसनीय न्यूनतम प्रतिरोधु को नीति अनुरूप छ जसले ुपहिले प्रयोग नगर्नेु प्रतिबद्धतालाई जोड दिन्छ।

प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्