आमा बनिन् निर्देशक एकता कपूर
काठमाडौं, माघ १७ : ‘टेलिभिजन क्वीन’का नामले चर्चित बलिउड निर्देशक एकता कपूर आमा बनेकी छन् ।
तर, उनी आफैले बच्चा जन्माएकी भने होइ....

काठमाडौं, माघ १७ : ‘टेलिभिजन क्वीन’का नामले चर्चित बलिउड निर्देशक एकता कपूर आमा बनेकी छन् ।
तर, उनी आफैले बच्चा जन्माएकी भने होइनन् । उनी ‘सरोगेसी’को सहायताले आमा बनेकी हुन् । भारतीय मिडियाका अनुसार, उनले माघ १३ मा बच्चा पाएकी छन् ।
उनको बच्चा स्वस्थ रहेको जनाएको छ । केही दिनमै बच्चालाई घरमा ल्याउने तयारी गरिएको जनाएको छ । ‘सरोगेट’ आमाका बारेमा भने केही खुलाएको छैन् ।
४३ वर्षीया निर्देशक कपूरले बिहे गरेकी छैनन् । उनले बिहे नगर्ने बताउँदै आएकी छन् ।
‘सरोगेसी’बाट आमा बनेपछि उनको घरमा खुशी छाएको छ । यस अघि उनका भाइ तुषार कपूर पनि ‘सरोगेसी’कै मद्दतबाट बुवा बनेका थिए ।
पछिल्लो समय ‘सरोगेसी’बाट बच्चा जन्माउने प्रचलन बढेको छ । पश्चिमा देशहरूमा सन् १९८५ बाट शुरु भएको यो प्रचलन अहिले लोकप्रिय बनेको छ । अर्काको बच्चालाई कोख लिदा लामो समय लाग्ने र कानुनी प्रक्रिया झञ्झटिलो भएकाले पश्चिमा मुलुकमा सेलेबे्रटीहरुले ‘सरोगेसी’का मद्दतले बच्चा जन्माउन थालेका हुन् ।
यसमा बच्चा जन्माउनका लागि ‘सरोगेट’ आमासँग सहमति गरिन्छ । बच्चा जन्माउन सहमत हुने महिलाको पाठेघरमा जसले बच्चा जन्माउन चाहेको हो उसको ‘डिम्ब’ र उसले चाहेको पुरुषको शुक्रकिट राखिन्छ । यसमा कसैले पैसा लिने गरेका छन् भने कसैले बच्चा नभएकालाई सहयोग गर्दै आएका छन् । नेपालमा भने यसका लागि कानुन छैन् ।












