Kathmandu Press

भारतमा अध्ययनरत विद्यार्थीले भने, ‘हाम्रो श्रम शोषण भइरहेको छ’

काठमाडौं, साउन २७ : भारतमा एमडी गरिरहेका नेपाली विद्यार्थीले आफूहरूमाथि श्रम शोषण भएको बताएका छन्। उनीहरूले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनप....

भारतमा अध्ययनरत विद्यार्थीले भने, ‘हाम्रो श्रम शोषण भइरहेको छ’
काठमाडौं प्रेस

काठमाडौं, साउन २७ : भारतमा एमडी गरिरहेका नेपाली विद्यार्थीले आफूहरूमाथि श्रम शोषण भएको बताएका छन्। उनीहरूले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो समस्या सुनाएका हुन्।

भारतका विभिन्न मेडिकल कलेजमा एक सय ५० विद्यार्थी एमडी अध्ययन गरिरहेका छन्। उनीहरूका तर्फबाट डा.सागर पौडेलले परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका हुन्।

Hardik ivf

भारतीय मेडिकल कलेजले काम मात्रै गराउने र पैसा नदिने गरेको उनले बताए। ‘भारतमा हाम्रो श्रम शोषण भइरहेको छ। मेडिकल कलेजले काम मात्रै गराउँछन्, पैसा दिँदैनन्,’ डा.पौडेलले भने।

एमडी गर्ने विद्यार्थीलाई कजेले सेवासुविधा उपलब्ध गराउनुपर्ने अन्तर्राष्ट्रिय नियम भएपनि भारतमा त्यस्तो नगरिएको उनीहरूको गुनासो छ। ‘नेपालमा एमडी गरिरहेका भारतीय विद्यार्थीले समान सेवासुविधा पाइरहेका छन् तर, भारतमा एमडी गरिरहेका नेपाली विद्यार्थीले पाउँदैनन्,’ उनले भने।

भारतको एम्स तथा जवाहरलाल इन्स्टिच्यूट अफ पोस्टग्राजुएट मेडिकल इजुकेसन एन्ड रिसर्चलगायतका संस्थामा नेपाली विद्यार्थी अध्ययनरत छन्। भारत सरकार मातहतकै संस्थानमा अध्ययन गर्दा सेवासुविधा नपाएको उनीहरूको भनाइ छ।

एमडी पढ्दा पढाइ कम र काम बढी गर्नुपर्ने भएकाले सेवासुविधा नपाउँदा नेपाली विद्यार्थीलाई समस्या भएको उनको भनाइ थियो। करिब ९० लाख भारतीय रुपैयाँ पाउनु पर्ने भएपनि डेढ वर्षसम्म केही नपाएको उनले गुनासो गरे।

यसका लागि भारत सरकारसँग नै छलफल गर्न एमडी अध्ययनरत विद्यार्थीले परराष्ट्रमन्त्री ज्ञवालीलाई आग्रह गरेका छन्।  ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञावालीले यो विषयमा चाँडै छलफल गर्ने आश्वासन दिएका छन्।

 

प्रकाशित मिति: १४:५५ बजे, सोमबार, साउन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्