Kathmandu Press

अमेरिकी डलरसँग पाकिस्तानी रूपैयाँको मूल्यमा सामान्य गिरावट

अमेरिकी डलरसँग पाकिस्तानी रूपैयाँको मूल्यमा सामान्य गिरावट

इस्लामावाद, कात्तिक १० : पाकिस्तानी रुपैयाँको अमेरिकी डलरसँगको मूल्यमा गिरावट निरन्तर छ। पछिल्लो समय मंगलबार अन्तरबैंक मुद्रा बजारमा १७५ रुपैयाँमा उक्लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

पाकिस्तानी १७४.४३ रुपैयाँको अघिल्लो साताभन्दा ८४ पैसा वा ०.४८ प्रतिशतको मूल्यांकन गर्दै स्थानीय इकाइविरुद्ध १७५.२७ रुपैयाँमा बन्द भएको एआरवाई न्यूजले स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) लाई उद्धृत गर्दै जानकारी दिएको छ। 

Hardik ivf

विनिमय दरको दबाब कम गर्न एसबीपीले कदम चाल्ने दाबी गरे पनि अमेरिकी डलरविरुद्ध पाकिस्तानी रुपैयाँको ‘स्लाइड’ जारी छ।

मुलुकमा बढ्दो मुद्रास्फितिका बीच गिरावट जारी छ। पाकिस्तानमा दैनिक आवश्यकताको मूल्य नयाँ उचाइमा पुगेको छ। विपक्षले सरकारविरुद्ध निन्दा र व्यापक विरोध प्रदर्शन गरेको छ।

एआरवाई न्यूजका अनुसार एसबीपी गभर्नर रेजा बकिरले पाकिस्तानी रुपैयाँको मूल्यह्रासको रक्षा गर्दै विदेशी पाकिस्तानीहरूलाई फाइदा भएको र देशमा मुद्रास्फीति कृत्रिम भएको र नियन्त्रण गरिने दाबी गरेपछि मुद्रास्फीतिबारेको हल्लाहरू मथ्थर भएको भएपनि एसबीपीले मङ्गलबार मुद्रामा सामान्य गिरावट आएको सार्वजनिक गरेको छ। 

प्रकाशित मिति: २०:३६ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्