एम्प्लिफाई प्लस ब्रान्डका टिभी नेपाली बजारमा, यस्ता छन् फिचर
काठमाडौं, साउन २७ : नेपालमा पनि विभिन्न ब्रान्डका टिभी भित्रिन थालेका छन्। पछिल्लो समय एम्प्लिफाई प्लस ब्रान्डका टिभी आएका छन्।
नेपाली उपभोक....

काठमाडौं, साउन २७ : नेपालमा पनि विभिन्न ब्रान्डका टिभी भित्रिन थालेका छन्। पछिल्लो समय एम्प्लिफाई प्लस ब्रान्डका टिभी आएका छन्।
नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर ई–थ्री इलेक्ट्रोनिक्स प्रालिले एम्प्लिफाई प्लस ब्रान्डका एलईडी टेलिभिजन सार्वजनिक गरेको छ।
भारतीय डिकेएम ग्रुप कम्पनीअन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालिद्वारा उत्पादित अन्तर्राष्ट्रिय स्तरको एम्प्लिफाई प्लस ब्राण्डका टिभीहरू एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज नेपाली बजारमा भित्रिएका हुन्।
यस्ता छन् फिचर
एचडी एलईडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलईडी टिभी बजारमा उपलब्ध छन्। जसको स्क्रिन रिजोल्यूसन १३६६x७६८ पिक्सेल छ। यसमा इनबिल्ट गेम्स, पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआईलगायतका अत्याधुनिक फिचर छन्।
कम्पनीले एचडी स्मार्ट एलईडी टिभी सिरिजमा ३२ इन्च र ४० इन्चका टिभीहरू बजारमा ल्याएको छ। जसमा १३६६x७६८ पिक्सेलको रिजोल्यूसन छ।
यसमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाईफाई, एचडिएमआईलगायतका फिचर उपलब्ध छन्।
एम्प्लिफाई प्लस ब्रान्डमा उच्चतहका टिभीहरूका रूपमा फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी पनि उपलब्ध छन्।
जसमध्ये ‘फुल एचडी एलईडी टिभी’ ५० इन्चमा उपलब्ध हुनेछ। यसमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआईलगायतका फिचर छन्।
त्यसैगरि फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी ५५ ईन्चमा नेपाली बजारमा उपलब्ध छ। यसमा अल्ट्रा एचडी ३८४०x२१६० पिक्सेल स्क्रीन रिजोल्यूसन रहेको छ। यो टिभीमा पनि पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआईलगायतका फिचर छन्।
एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फूल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभीका चार मोडलमा एक जीबीको र्याम र आठ जीबीको आन्तरिक स्टोरेज रहेको छ।
एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ५.१ अपरेटिङ सिस्टममा संचालन हुन्छ भने ‘फुल एचडी एलईडी टिभी’ सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ७.० अपरेटिंग सिस्टममा संचालन हुनेछ। यि एम्प्लिफाई प्लस ब्रान्डका सम्पूर्ण टिभीहरुमा तीन वर्षको वारेन्टी प्रदान गरिएको छ।










-1754206481.jpg)
