Kathmandu Press

अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको पेन्टागनको भनाइ

वासिङ्टन, कात्तिक १० : अफगानिस्तानमा अझै पनि ४३९ जना अमेरिकी सैनिक रहेको तथ्य सार्वजनिक भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरु सबै अमेरिकी सैनिकहरूलाई...
अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको पेन्टागनको भनाइ

वासिङ्टन, कात्तिक १० : अफगानिस्तानमा अझै पनि ४३९ जना अमेरिकी सैनिक रहेको तथ्य सार्वजनिक भएको छ।
 
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरु सबै अमेरिकी सैनिकहरूलाई फिर्ता गरिएपनि ४३९ जना अफगानिस्तानमै रहेको जनाएको हो।

अमेरिकाको नेतृत्वमा गएको सैनिक गठवन्धनका अधिकांश सैनिकहरू तालिवान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तान छाडेर फिर्ता भएका थिए।

Hardik ivf

सिनेटमा भएको एउटा सुनुवाईका क्रममा रक्षा मन्त्रालयका अधिकारीले अफगानिस्तानमा ४३९ जना अमेरिकी सैनिक अझै पनि अफगानिस्तानमै रहेको जानकारी दिएका हुन्।

उनले अफगनिस्तानमा रहेका सवै अमेरिकी सैनिकहरु आफुहरूको निरन्तर सम्पर्कमा रहेको पनि स्पष्ट पारेका छन्। 

मन्त्रालयका उपसचिव कोलिन काह्लले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकमध्ये १७६ जना अफगानिस्तान छाड्न तयार रहेको जानकारी दिए।  

तर २४३ जना भने अफगानिस्तान छाड्ने की नछाड्ने भन्ने बारेमा अन्यौलमा रहेको पनि उपसचिव काह्लले बताए।

अफगानिस्तानमा रहेको सैनिक टोलीले घोषित रुपमा गत अगस्ट ३१ मा अफगानिस्तान छाड्न सुरु गरेको थियो। 

तालिवान लडाकूहरूले सत्ता कब्जा गरेपछि गठवन्धन सैनिकले अफगानिस्तान छोड्ने निर्णय गरेको थियो। गठवन्धन सेनाले झण्डै २० बर्ष सेवा गर्दा पनि सफलता प्राप्त गर्न भने सकेन। अफगानिस्तानको युद्ध अमेरिकाले अन्य देशमा गरेका युद्धमध्ये सबैभन्दा लामो युद्ध हो।

प्रकाशित मिति: २०:३३ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्