Kathmandu Press

अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध 

न्युयोर्क, कात्तिक १० : अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ।देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत...
अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध 

न्युयोर्क, कात्तिक १० : अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो। आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन्।

Hardik ivf

उनीहरुका अनुसार सवैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ हजारभन्दा बढी घरमा अन्धकार छाएको छ। 

राष्ट्रिय मौसम सेवाले मौसम अझै खतरापूर्ण रहेको चेतावनी दिएको छ। मौसम विभागका अधिकारीहरुले थप सतर्कता अपनाउन सरोकारवाला सवैलाई अनुरोध गरेको छ। 

उनीहरुले घर बाहिर ननिस्कन, यात्रा नगर्न, सुरक्षित अवस्थामा रहन र सुरक्षाका सवै उपाय अपनाउन पनि सवैलाई अपिल गरेका छन्।

प्रकाशित मिति: १९:१० बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्