Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

डोटी, कात्तिक १० : दिपायल शिलगढी नगरपालिका ५ धामीगाउँ जाने सडक नजिक टहराभित्र पासा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। 

स्थानीय ३८ वर्षीय दिल बहादुर भण्डारी लगायत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरूलाई पासा खेलिरहेको अवस्थामा नगद १ लाख ८४ हजार रुपैयाँ र ३ थान पासासहित फेला पारी पक्राउ गरेको हो।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १८:११ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्