Kathmandu Press

वन मुद्दाका फरार प्रतिवादी पक्राउ 

तनहुँ, कात्तिक १० : वन मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका–१ बस्ने ६५ वर्षीय गञ्ज सिङ सोती थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत...
वन मुद्दाका फरार प्रतिवादी पक्राउ 

तनहुँ, कात्तिक १० : वन मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका–१ बस्ने ६५ वर्षीय गञ्ज सिङ सोती थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत तनहुँको २०७५ चैत १२ गतेको फैसलाले वन मुद्दामा २ महिना ५ दिन कैद सजाय र २ लाख ३३ हजार रुपैयाँ जरिवाना ठहर भई तीन वर्षदेखि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 
 

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्