Kathmandu Press

लक्जम्बर्गमा युरोपेली देशका ऊर्जामन्त्रीहरुको बैठक सम्पन्न

ब्रसेल्स, कात्तिक १० : युरोपेली देशका ऊर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्न भएको छ।सो बैठकमा उनीहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मूल्यवृद्धिका विषयमा कुराकानी गरेका...
लक्जम्बर्गमा युरोपेली देशका ऊर्जामन्त्रीहरुको बैठक सम्पन्न

ब्रसेल्स, कात्तिक १० : युरोपेली देशका ऊर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्न भएको छ।

सो बैठकमा उनीहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मूल्यवृद्धिका विषयमा कुराकानी गरेका थिए। उनीहरुले हाल विश्वमा ऊर्जाको मूल्यवृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मूल्यवृद्धि हुन नदिन यसका उपायहरुबारे आवश्यक छलफल गरेको बताइएको छ। 

उनीहरुले सो छलफलका क्रममा जलवायु परिवर्तनसम्बन्धी नीतिहरुको पनि समीक्षा गरेका थिए। साथै विश्वमा जलवायु परिवर्तनको असर कम गर्न स्वच्छ उmर्जाको प्रयोग पनि ऊर्जाको मूल्यवृद्धि रोक्न एक उपाय हुन सक्ने विषयमा छलफल गरेका थिए।

विश्वमा उर्जाको खपत बढिरहेका अवस्थामा वैकल्पिक एवं स्वच्छ ऊर्जा प्रयोगका सम्भावनाहरुको खोजी गर्नुका साथै जलवायु परिवर्तनको असर केकसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो। 

प्रकाशित मिति: १४:३१ बजे, बुधबार, कात्तिक १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्