गैँडाको आक्रमणबाट एक गम्भीर घाइते
कञ्चनपुर, कात्तिक १० : बेलौरी नगरपालिका–४ शान्तिनगरका अन्दाजी ५० वर्षीय बलराम राना गैँडाको आक्रमणबाट आज गम्भीर घाइते भएका छन्। च्याउ टिप्न नजिकैको सामुदायिक...
कञ्चनपुर, कात्तिक १० : बेलौरी नगरपालिका–४ शान्तिनगरका अन्दाजी ५० वर्षीय बलराम राना गैँडाको आक्रमणबाट आज गम्भीर घाइते भएका छन्। च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका रानालाई गैँडाले आक्रमण गरेको हो।
गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएका रानाको बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा उपचार भइरहको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले गैँडाले रानालाई घाइते बनाएको खबर आएको बताए।
सत्यतथ्य बुझ्न निमित्त कार्यालय प्रमुख दिनेशकुमार यादवसहितको टोली घटनास्थलतर्फ गएको उनले बताए। रानामाथि गैँडाले गोरखपुर सामुदायिक वनको लामाताल क्षेत्रमा आक्रमण गरेको हो।
रानाको ढाडमा गहिरो घाउ भएको छ। सामुदायिक वन क्षेत्रमा केही दिनअघिदेखि गैँडा देखापर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ। यहाँ गैँडाले मानवलाई आक्रमण गरेको घटना भने पहिलो भएको बताइएको छ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)