Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोनामा कोरोना सङ्क्रमण

बैतडी, कात्तिक ९ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय थप  १४  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। विगत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन...
सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोनामा कोरोना सङ्क्रमण
Hardik ivf

बैतडी, कात्तिक ९ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय थप  १४  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। 

विगत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ७५७  जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। तेह्र जनामा आरटी पीसीआर र एक जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १० र महाकाली अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टीजेन विधिमार्फत दार्चुलामा एक जनामा सङ्क्रमण देखिएको हो।  

यस्तै सोही अवधिमा प्रदेशभर पाँच जना कोरोनाबाट मुक्त भएका छन्, भने प्रदेशमा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। कञ्चनपुरकी ५० वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको हो। यसअघि प्रदेशमा सोमबार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।   

प्रकाशित मिति: २०:३२ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्