Kathmandu Press

रुसमा घरेलु ग्यास विष्फोटमा १ जनाको मृत्यु, ४ घाइते

मस्को, कार्तिक ९ : रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ। विष्फोटमा अन्य चार जना...
रुसमा घरेलु ग्यास विष्फोटमा १ जनाको मृत्यु, ४ घाइते

मस्को, कार्तिक ९ : रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ। विष्फोटमा अन्य चार जना घाइते भएका छन्।

टास समाचार एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

टाटारस्तानको दोस्रो ठूलो शहर नाबेरेज्नी चेल्नीमा रहेको पाँच तले भवनको दुईवटा माथिल्लो तलामा ग्यास चुहावटका कारण भएको विष्फोटले छ वटा अपार्टमेन्ट ध्वस्त पारेको छ।

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, कात्तिक ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्