Kathmandu Press

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन

सोल, कात्तिक ९ : दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ वर्षको उमेरमा निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। तर उनको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो।

पूर्व सेना प्रमुख समेत रहेका रोहले सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति बनेका थिए।

उनी राष्ट्रपति भएको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भइ त्यसलाई स्विकार्नु पनि भएको थियो। रोह डेमोक्रेटिक जस्टीस पार्टीका नेता थिए। उनको जन्म सन् १९३२ को डिसेम्बर ४ मा दक्षिण कोरियाकै डाएगुमा भएको हो।

 

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्