Kathmandu Press

चीनले दियो दुई अर्ब २४ करोड ४८ लाख डोज कोभिड खोप

दुई डोज दिनुपर्ने चिनियाँ खोपको प्रावधानअनुसार गणना गर्दा एक अर्ब १२ करोड २४ लाख जनसंख्याले कोभिड–१९ विरुद्ध खोप पाइसकेको देखिन्छ ।
चीनले दियो दुई अर्ब २४ करोड ४८ लाख डोज कोभिड खोप

बेइजिङ, कात्तिक ९ : चीनले आफ्ना नागरिकका लागि दुई अर्ब २४ करोड ४८ लाख डोज खोप वितरण गरेका छ ।

सरकारी समाचार एजेन्सी सिन्हवाले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो ।

सोमबारसम्मको तथ्यांकअनुसार चीनमा करिब सवा दुई अर्ब डोज खोप वितरण भइसकेको नेसनल हेल्थ कमिसनले जनाएको छ ।

सोमबारसम्मको अनुमानअनुसार चीनको कुल जनसंख्या करिब एक अर्ब ४४ करोड ६६ लाख १५ हजार छ । दुई डोज दिनुपर्ने चिनियाँ खोपको प्रावधानअनुसार गणना गर्दा एक अर्ब १२ करोड २४ लाख जनसंख्याले कोभिड–१९ विरुद्ध खोप पाइसकेको देखिन्छ । त्यो भनेको करिब ७७.५८ प्रतिशत जनसंख्याले चीनमा कोभिड–१९ विरुद्ध खोप पाएको छ ।

प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, कात्तिक ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्