Kathmandu Press

जापानकी राजकुमारीले गरिन् सर्वसाधारण युवकसँग विवाह

काठमाडौं, कात्तिक ९ : जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छन्। विवादकाबीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिएकी...
जापानकी राजकुमारीले गरिन् सर्वसाधारण युवकसँग विवाह

काठमाडौं, कात्तिक ९ : जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छन्। विवादकाबीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन्।

जापानको शाही परिवार सम्वन्धी नियमअनुसार उनले सर्वसाधारणसँग विवाह गरेसँगै उनको राजकीय पद पनि गुमेको छ। विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेमसम्वन्ध मंगलबारदेखि बैवाहिक सम्वन्धमा रुपान्तरण भएको हो। उनीहरुको मगनी गत सन् २०१७ मा भएपनि विवाहको मिति तय भएको थिएन।

Hardik ivf

जापानका राजा नारुहितोकी ३० वर्षिया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेकी हुन्। उनका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आएका छन्। विवाहपछि राजकुमारी माको पनि अमेरिका जाने भएकी छन्। उनीहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन् भने उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्यागेकी छन्।

यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ। राजपरिवारकी सदस्यले सर्वसाधारणसँग विवाह गर्न लागेको भन्दै उनीहरुको विवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो । विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ।

 

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्