Kathmandu Press

बैंकको ब्याजबाटै जलविद्युत लगानी तथा विकास कम्पनीलाई सवा अर्ब नाफा

काठमाडौं, साउन २६ : जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) गत वर्ष एक अर्ब १२ करोड १४ लाख रुपैयाँ खुदनाफा कमाएको छ।

कम्पनीले ....

बैंकको ब्याजबाटै जलविद्युत लगानी तथा विकास कम्पनीलाई सवा अर्ब नाफा

काठमाडौं, साउन २६ : जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) गत वर्ष एक अर्ब १२ करोड १४ लाख रुपैयाँ खुदनाफा कमाएको छ।

कम्पनीले अघिल्लो वर्ष ८० करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्ष कम्पनीले ३२ करोड रुपैयाँ बढाएको हो। सरकारले गत वर्ष पूँजी वृद्धिका लागि पाँच अर्ब रुपैयाँ लगानी गरेको थियो।

कम्पनीले बैंकमा निक्षेप राखेर ब्याजमार्फत आम्दानी बढाएको हो। सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि भन्दै कम्पनी स्थापना गरेको थियो।

कम्पनीले एक करोड सात लाख ७३ हजार रुपैयाँ लगानीबाट लाभांश प्राप्त गरेको  आइतबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

आर्थिक वर्षमा गरेको नाफाबाट एचआईडीसीएलले सेयरधनीलाई १० प्रतिशत लाभांश दिएको थियो। गत वर्ष एचआईडीसीएलले जलविद्युत् आयोजनामा दुई अर्ब ३३ करोड ७६ लाख रुपैयाँ मात्र लगानी गरेको छ।

एचआईडीसीएलको औसत प्रतिफल प्रतिसेयर ६ रुपैयाँ १६ पैसा मात्र भएको वित्तीय विवरणमा उल्लेख छ। प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ छ। त्यस्तै प्रतिसेयर आम्दानी १० रुपैयाँ १९ पैसा मात्र छ।

जलविद्युतमा लगानी गर्न स्थापना भएको एचआईडीसीएलले बैंकमा मुद्दती निक्षेप राखेर ब्याजबाट नाफा देखाएपछि संस्थापक लगानीकर्ता कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थाले थप तीन अर्ब ३० करोड रुपैयाँ लगानी गरेका छैनन्।

संस्थापकले हकप्रद सेयर नलिएपछि एचआईडीसीएलले सर्वसाधारणलाई थप दुई अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न पाएको छैन।

एचआईडीसीएलले पूँजी १० अर्बबाट बढाएर २० अर्ब रुपैयाँ पु¥याउन लागेको छ। तीन वटा संस्थापक लगानीकर्ताले हकप्रद सेयर किनेपछि हालसम्म पुँजी बढेर २२ अर्ब रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, साउन २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्