ग्वार्कोमा अनियन्त्रित भई बस पल्टिँदा १८ जना घाइते
ललितपुर, कात्तिक ८ : ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित बिएण्डबी अस्पताल अगाडि बा३ख २१४२ नम्बरको बस अनियन्त्रित भई पल्टिएर ज१च ५९२ नम्बरको एम्बुलेन्सलाई समेत सोमबार बिहान...
ललितपुर, कात्तिक ८ : ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित बिएण्डबी अस्पताल अगाडि बा३ख २१४२ नम्बरको बस अनियन्त्रित भई पल्टिएर ज१च ५९२ नम्बरको एम्बुलेन्सलाई समेत सोमबार बिहान ठक्कर दिएको छ।
उक्त दुर्घटनामा बसमा सवार काठमाडौं सतुंगल बस्ने मकवानपुर घर भएका ६२ वर्षीय कृष्णबहादुर बलामीसमेत १८ जना घाइते भएका छन्।
घाइतेहरुको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ। घाइते सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:२६ बजे, सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












