Kathmandu Press

खाबी लेम : कसरी एक मजदुर टिकटकमा अत्यधिक चर्चित बने ?

रोम, कात्तिक ८ : खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन्।अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको...
खाबी लेम : कसरी एक मजदुर टिकटकमा अत्यधिक चर्चित बने ?

रोम, कात्तिक ८ : खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन्।

अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ। उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन्। कैयौ व्यक्तिहरुले लेमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन्।

अमेलियो टिकटकमा एक अर्ब फलोअर पु¥याउने पहिलो व्यक्ति हुन। अहिले उनको एक अर्ब २० करोडभन्दा बढी फलोअर छन्। खाबी लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिनु भएको हो। २१ वर्षीय लेमको अहिले इटलीमा बसाबास रहेको छ। एक कारखानामा मजदुरका रूपमा काम गर्ने लेमले कोभिड–१९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए।

लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नु भिडियो देखाउने गरेका छन्। बिनाकारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गरेका छन् । तर भिडिओमा उनी बोल्दैनन् ।  उनको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ।

 

प्रकाशित मिति: १४:५० बजे, सोमबार, कात्तिक ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्