Kathmandu Press

१० देशका राजदूत फिर्ता गर्ने निर्णय गरेपछि टर्कीको विरोध

अंकारा, कात्तिक ८ : टर्कीले विभिन्न देशका राजदूतलाई फिर्ता पठाउने गरी गरेको निर्णयको विरोध भएको छ।राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १०...
१० देशका राजदूत फिर्ता गर्ने निर्णय गरेपछि टर्कीको विरोध

अंकारा, कात्तिक ८ : टर्कीले विभिन्न देशका राजदूतलाई फिर्ता पठाउने गरी गरेको निर्णयको विरोध भएको छ।

राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय शुक्रबार गरेका थिए। टर्की सरकारको सो कदमको ती सबै देशहरुले विरोध गरेका हुन् ।

राष्ट्रपति एर्दोगानको शुक्रबारको आदेशपछि टर्कीले ती देशका राजदूतलाई आफ्नो देशले अस्वीकार गर्न वा सम्बन्धित देशमै फिर्ता पठाउन सक्नेछ।

यहाँको सरकारले राज्यद्रोहको आरोपमा चार वर्षदेखि थुनामा राखेका एकजना अभियन्ता ओजमुन कुभालालाई ती देशका राजदूतहरुले एक वक्तव्य प्रकाशन गरेर रिहा गर्न आग्रह गरेका थिए।

राजदूतहरूको यस्तो वक्तव्यको टर्किस सरकारले विरोध गरेको थियो। उक्त वक्तव्यपछि नै उक्त कदम चालिएको हो। यो अवस्था भनेको राजदूतहरूको कूटनीतिक हैसियतलाई खारेज गर्नुका साथै अधिकांश अवस्थामा उनीहरूलाई फिर्ता पठाउने र राजदूतको मान्यता खोस्ने कदम हो।

अघिल्लो साता अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्यान्ड, न्यूजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूतहरुले कुभालाको रिहाइको लागि संयुक्त विज्ञप्ति जारी गरेका थिए।

प्रकाशित मिति: १३:२० बजे, सोमबार, कात्तिक ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्