Kathmandu Press

सुडानमा सैनिक ‘कु’, प्रधानमन्त्री तथा मन्त्रीहरू गिरफ्तार

काठमाडौं, कात्तिक ८ : सुडानमा सैनिक ‘कु’ बाट सत्तापलट गरिएको छ। त्यहाँका प्रधानमन्त्री तथा मन्त्रीहरूलाई गिरफ्तार गरेर सडकमा सैनिक तैनाथ गरिएको बिबिसीले जनाएको छ। बिबिसीका...
सुडानमा सैनिक ‘कु’, प्रधानमन्त्री तथा मन्त्रीहरू गिरफ्तार

काठमाडौं, कात्तिक ८ : सुडानमा सैनिक ‘कु’ बाट सत्तापलट गरिएको छ। त्यहाँका प्रधानमन्त्री तथा मन्त्रीहरूलाई गिरफ्तार गरेर सडकमा सैनिक तैनाथ गरिएको बिबिसीले जनाएको छ। 

बिबिसीका अनुसार प्रधानमन्त्री अब्दुल्ला हमदोकसँगै चार मन्त्री गिरफ्तारीमा परेका छन्। सेनाले उनीहरुलाई अज्ञात स्थलमा राखेको जनाइएको छ।

सुडानको सेनाले पछिल्लो घटनाबारे केही पनि प्रतिक्रिया दिएको छैन। लोकतन्त्र समर्थकहरूले जनतालाई विरोध प्रदर्शनमा उत्रिन अपिल गरिरहेका छन्।

त्यहाँ दुई वर्षअघि मात्र उमर अल–बसिरको सत्ता हटाएर अन्तरिम सरकार गठन गरिएको थियो। त्यति बेलादेखि नै सेना र सरकारका बीचमा टकराव हुँदै आएको जनाइएको छ। सुडानको राजधानी खार्तुममा इन्टरनेट बन्द गरिएको छ। 

समाचार एजेन्सी रोयटर्सले खार्तुमका सडकमा सेना तथा अर्धसैनिक बल तैनाथ गरिएको छ र मानिसहरुको आवतजावतमा नियन्त्रण गरिएको उल्लेख गरेको छ।

प्रकाशित मिति: १३:०१ बजे, सोमबार, कात्तिक ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्