साउदी अरेरिबायाको सैन्य विमानद्वारा यमनमा लगातार बमबारी
आदेन, कात्तिक ८ : साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब सहरमा लगातार बमबारी भएको छ।सो बमबारीमा परी भएको क्षतिबारे भने केही बताइएको...
आदेन, कात्तिक ८ : साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब सहरमा लगातार बमबारी भएको छ।
सो बमबारीमा परी भएको क्षतिबारे भने केही बताइएको छैन। तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन्।
मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको सहर हो। उक्त सहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरुले बताएका छन्।
तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ। समयसमयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन्।
उनीहरुको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रुपमा बमबारी गरिरहेको बताइएको छ। यमनमा विगतका कैयौं वर्षदेखि विद्रोहीहरुले संघर्ष गर्ने गरेका छन्।
उनीहरुले खासगरी तेलको धनी भएकाले यही सहरमा नै कब्जा जमाउने गरेका छन्। केही समयअघि सो सहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कैयौँ मानिस मारिएका थिए।











