Kathmandu Press

रुसमा कोरोनाबाट एकैदिन एक हजार बढीको मृत्यु

मस्को, कात्तिक ७ : रुसमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निकै बढ्दै गएको देखिएको छ। यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको संक्रमणबाट मृत्यु...
रुसमा कोरोनाबाट एकैदिन एक हजार बढीको मृत्यु

मस्को, कात्तिक ७ : रुसमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निकै बढ्दै गएको देखिएको छ। यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ।

रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ। यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो।

यहाँ यो भाइरसको संक्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको छ।

शनिबार यहाँ ३७ हजार ६७८ जना यो संक्रमणबाट संक्रमित भएको जनाइएको छ। योसमेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन्।

 

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, कात्तिक ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्