Kathmandu Press

प्रदेशसभा स्थगितकाे मागबारे परामर्श गर्दै सभामुख भण्डारी

काठमाडौं, कात्तिक ७ : नेपाली कांग्रेस र नेकपा एमालेले आज बस्ने प्रदेशसभा बैठक स्थगित गर्न लिखित रुपमै माग गरेपछि प्रदेश १ का सभामुख प्रदीपकुमार...
प्रदेशसभा स्थगितकाे मागबारे परामर्श गर्दै सभामुख भण्डारी

काठमाडौं, कात्तिक ७ : नेपाली कांग्रेस र नेकपा एमालेले आज बस्ने प्रदेशसभा बैठक स्थगित गर्न लिखित रुपमै माग गरेपछि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले परामर्श थालेका छन्।

मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत लिने प्रस्तावको छिनाफानोका लागि सभामुख भण्डारीले आज (आइतबार) मध्यान्ह साढे १२ बजेका लागि बैठक डाकेका थिए। तर बैठक रोकिनुपर्ने माग आएपछि उनले सम्बन्धित पक्षसँग परामर्श थालेका हुन्।

तर आजका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको जनाइएको छ। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची छ।

कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाएर प्रदेशसभा बैठक स्थगित गर्नुपर्ने माग राखेको  बताइएको छ।

एमालेले पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भन्दै कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगितको माग गरेको छ।

प्रकाशित मिति: १४:२५ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्