Kathmandu Press

वाग्मतीमा जस्तै प्रदेश १ मा पनि मुख्यमन्त्रीआलोपालो हुनुपर्नेमा कांग्रेसकाे जाेड

विराटनगर, कात्तिक ७ : नेपाली कांग्रेसले वाग्मतीमा जस्तै प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्नेमा जोड दिएको छ।कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आज (आइतबार)...
वाग्मतीमा जस्तै प्रदेश १ मा पनि मुख्यमन्त्रीआलोपालो हुनुपर्नेमा कांग्रेसकाे जाेड

विराटनगर, कात्तिक ७ : नेपाली कांग्रेसले वाग्मतीमा जस्तै प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्नेमा जोड दिएको छ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आज (आइतबार) प्रदेशसभा सचिवालयमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन्।

सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उनले भने, ‘वाग्मतीमा एउटा र प्रदेश–१ मा अर्को नियम लागु हुँदैन। यहाँ पनि आलोपालो हुनुपर्छ।’

आज विश्वासको मतका लागि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक बोलाएका छन्।

बैठकमा ‘फ्लोर क्रस’ गर्ने सूचना पाएलगत्तै कांग्रेसले बैठक रोक्न संसद सचिवालयमा निवेदन दिएको छ। एमालेले पनि कात्तिक १५ सम्म बैठक रोक्न माग गरेको छ।

अहिले कांग्रेस संसदीय दलको बैठक बस्दैछ। 

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्