Kathmandu Press

अमेरिकाले थप एक लाख फाइजरको खोप दिने, सोमबार काठमाडौं आइपुग्ने

काठमाडौं, कात्तिक ७ : अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ।काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् नेपाललाई थप खोप...
अमेरिकाले थप एक लाख फाइजरको खोप दिने, सोमबार काठमाडौं आइपुग्ने

काठमाडौं, कात्तिक ७ : अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् नेपाललाई थप खोप सहयोग गर्न लागेको जानकारी दिएको हो।

१ लाख ६ सय २० डोज खोप अनुदान स्वरूप दिन लागेको दूतावासले जनाएको छ। सो खोप सोमबार काठमाडौं आइपुग्नेछ।

यसअघि अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसन खोप दिएको थियो। योसँगै अमेरिकाले नेपाललाई १५ लाख ३० हजार खोप सहयोग गरेको छ।

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्