स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह
काठमाडौं, कात्तिक ७ : स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. दीपेन्द्ररमण सिंहले पाएका छन्।डा. सिंहलाई आज (आइतबार) विभागको महानिर्देशकको जिम्मेवारीपत्र दिइएको हो। यसअघि उनी...
काठमाडौं, कात्तिक ७ : स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. दीपेन्द्ररमण सिंहले पाएका छन्।
डा. सिंहलाई आज (आइतबार) विभागको महानिर्देशकको जिम्मेवारीपत्र दिइएको हो। यसअघि उनी स्वास्थ्य मन्त्रालयमा थिए।
विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको उमेरका हिसाबले सेवा अवधि सकिएपछि उनको ठाउँमा डा. सिंहलाई पठाएको हो।
डा. बिच्छाको सेवा अवधि पनि तीन वर्ष थप गरिएको छ। तर यस्तो अवस्थामा कार्यकारी जिम्मेवारी दिन नमिल्ने व्यवस्था रहेकाले विभागको महानिर्देशकमा डा. सिंहलाई पठाएको जनाइएको छ।
प्रकाशित मिति: १३:१२ बजे, आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)




-1757142095.jpg)

