Kathmandu Press

सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते 

सल्यान, कात्तिक ७ : सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिकाका १८ वर्षीय आशीष...
सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते 

सल्यान, कात्तिक ७ : सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिकाका १८ वर्षीय आशीष बस्नेत रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा बागचौर–१ का १४ वर्षीय आयुष बस्नेत, २२ वर्षीय मनोज वस्नेत, बागचौर–२ का २७ वर्षीया सीता वली, २८ वर्षीया बविता रावल र उनी ११ वर्षीया छोरी एसिका रेउले तथा गाडी चालक बागचौ–२ का १९ वर्षीय हिक्मत पुन मगर छन्। 

बबिताको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको प्रादेशिक अस्पताल तुल्सिपुरमा उपचार भइरहेको छ। 

आज (आइतबार) बिहान पौने ८ बजेतिर सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे१च १८९० नम्बरको बोलेरो जीपकपुरकोट–३ स्थित मुलपानी वनस्पति उद्याननजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

गाडी सडकबाट सय मिटरजति तल खोल्सामा खसेको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्