Kathmandu Press

प्रदेश १ सभा बैठक स्थगित गर्न एमाले र कांग्रेसको माग

कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमण हुने भएकोले बैठक स्थगित गर्न माग गरेको हो ।
प्रदेश १ सभा बैठक स्थगित गर्न एमाले र कांग्रेसको माग

काठमाडौं, कात्तिक ७ : नेपाली कांग्रेस र नेकपा एमालेले आज आइतबारका लागि बोलाएको प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेका छन्। दुवै दलले प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएका छन्।

आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ।

कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमण हुने भएकोले बैठक स्थगित गर्न माग गरेको हो । एमालेले कात्तिक ९ गते आफ्नो पालिका अधिवेशनलगायतको कारण देखाउदै बैठक स्थगित गर्न माग गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

दुई दलले बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदिपकुमार भण्डारी त्यसबारे परामर्शमा रहेको जनाएको छ।

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्