Kathmandu Press

चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक ७ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ। छापावाल सुन शुक्रबार...
चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक ७ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ। छापावाल सुन शुक्रबार प्रतितोला  ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० रुपैयाँ पुगेको छ। चाँदी शुक्रबार प्रतितोला  एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: ११:३२ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्