बागलुङमा खोलामा बगेर बालक बेपत्ता, एक जनाको शव भेटियो
बागलुङ, कात्तिक ७ : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका – ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्।शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी...
बागलुङ, कात्तिक ७ : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका – ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्।
शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन( ७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन् । उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन् ।
नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए । बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरू पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ ।
यस्तै जैमिनी नगरपालिकामा एक जना मृत फेला परेका छन् । जैमिनी (२ ठेउलेखोलाका किनारमा सिस्नेरका ४५ वर्षीय दलवीर सार्की मृतावस्थामा फेला हुन्।




-1757142095.jpg)




-1757142095.jpg)

