Kathmandu Press

बाढीपहिरो प्रभावितलाई भेट्न पूर्वि नेपाल जाँदै प्रधानमन्त्री

काठमाडौं, कात्तिक ७ : बाढी र पहिरो प्रभावितसँग भेटघाट गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वि नेपालको भ्रमण गर्न लागेका छन्।प्रधानमन्त्री देउवा आज बिहान बाढी,...
बाढीपहिरो प्रभावितलाई भेट्न पूर्वि नेपाल जाँदै प्रधानमन्त्री

काठमाडौं, कात्तिक ७ : बाढी र पहिरो प्रभावितसँग भेटघाट गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वि नेपालको भ्रमण गर्न लागेका छन्।

प्रधानमन्त्री देउवा आज बिहान बाढी, पहिरो र डुवान प्रभावित पूर्वका सुनसरी, मोरङ, इलाम र पाँचथर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितहरुसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाबारे जानकारी लिने कार्यक्रम तय गरिएको छ।

यसअघि प्रधानमन्त्री देउवा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको भ्रमण गरेका थिए। त्यहाँ पनि बाढी, पहिरो र डुवानबाट प्रभावित परिवारसँग भेटघाट गरेका थिए।

गत साता आएको बाढी, पहिरो र डुबानका कारण पश्चिमी र पूर्वि नेपालका बासिन्दा प्रभावित भएका छन्। बाढी र पहिरोबाट जनधनको क्षति भएको छ।

पूर्वि नेपालको भ्रमणपछि प्रधानमन्त्री देउवा आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ०७:५३ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्